काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ ।
जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइरहँदा सन्दीपले कानूनी चुनौती दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् ।
endif; if (is_active_sidebar('mblbetween-content')) : ?>सन्दीप अहिले अस्पतालमा छन् । उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ । हिजो उनको शरीरका सातवटा गिर्खा निकालिएको थियो भने आज थप ४ वटा निकालिएको छ ।
सम्बन्धित समाचार : क्रिकेटर सन्दीपले गराए दोस्रो पटक शल्यक्रिया
पुस १३ गते काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो।
सम्बन्धित समाचार : सन्दीप लामिछानेलाई तोकियो आठ वर्ष कैद सजाय